पोखरा । ‘प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । विभागिय टोली नेपाल आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेशले एतिहासिक जीत हात पारेको हो ।
पोखरा रंगशालामा भएको फाइनल खेलमा जवाफी १३६ रन पछ्याएको नेपाल आर्मी १२४ रन मात्रै बनाउन सकेको हो ।
मधेशलाई जिताउन हरिशंकर शाहले महत्वपूर्ण भूमिका निर्वाह गरे । आर्मीलाई पराजित गर्न हरिशंकरले ४ महत्वपूर्ण विकेट हात पारे । मधेशका कप्तान समेत रहेका हरिशंकरले आफ्नो चार ओभरको वलिङमा १९ रन खर्चिएर आर्मीका ओपनर विनोद भण्डारी, वाशिर अहमद, कुशल मल्ल र राजेश पुलामीलाई आउट गरे । उनी म्यान अफ दि म्याच समेत घोषित भए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा उपाधिसंगै मधेश प्रदेशले नगद ५ लाख रुपैयाँको साथमा ट्रफी हात पारेको छ भने नेपाल आर्मीले उपविजेता हुँदै नगद २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि मधेश प्रदेशका हरिशंकर शाह भए । उनले नगद ३० हजार हात पारे । प्रतियोगितामा वेष्ट बलर कुल १० विकेट लिएका सन्दिप लामिछाने र वेष्ट व्याटरको उपाधि रित गौतम हुन सफल भए । उनले कुल १७० रन बनाएका थिए । उनीहरु दुवै जनाले जनही नगद २०–२० हजार प्राप्त गरे ।
जितका लागि १३६ रन पछ्याउने क्रममा नेपाल आर्मीका लागि ओपनर सन्तोष कार्की १३ बलको सामना गर्दै तिन चौका प्रहार गर्दै १६ रन जोडे । उनलाई प्रदिप पासवानलाई पेभिलिएन फर्काए । कप्तान विनोद भण्डारी सम्हालिएर खेल्ने प्रयास गर्दै ३० बलमा ३२ रन बनाए । उनले ५ चौका समेत हाने । ५ रन बनाएका रोहित पौडेल प्रतिक यादवको बलमा आउट भए ।
प्रदिप पासवानको बलमा आउट भएका भिम सार्कीले २२ र बाशिर अहमदले २ रन बनाउँदा कुशल मल्ल डक आउट भए । राजेश पुलामीले ३ रन बनाए । अन्तिम विकेटका लागि सोमपाल कामी र विवेक यादवले पारी सम्हाल्ने प्रयास गरे पनि मधेशले त्यो सफल हुन दिएन । विवेकले २५ र सोमपालले १६ रनको योदान दिंदै नट आउट रहे ।
प्रतियोगितामा टस जितेर ओपनिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १३५ रन बनाएको हो । मधेशका लागि सातौं विकेटका लागि क्रिजमा छिरेका विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४९ रनको व्यक्तिगत योगदान दिए । ओपनर तथा टिम क्प्तान हरिशंकर शाहले २१ बलमा ३ चौका र २ छक्काको मद्धतले २७ रन बनाउँदै विवेक यादवको बलमा क्याच आउट हुँदै पेभिलियन फर्किए ।
त्यस्तै अर्का ओपनर अनिल शाह एक छक्का प्रहार गरे पनि सोमपाल कामीको धरापमा परे । इमरान खान शाहव आलमको वलमा आउट भए । उनले ८ रनको योगदान दिंदा ३ रन बनाएका मयन यादव समेत शाहवकै बलमा बोल्ड भए । ९ रन बनाएका पवन सराफ विवेक यादवको बलमा आउट भए । १४ रन जोडेका हिमासुं दत वसिर अहमदको बलमा बोल्ड हुँदा १० रनको व्यक्तिगत योगादन दिएका विशाल शुसलिङ विवेक यादवको बलमा बोल्ड हुन पुगे । रुपेश सिंह यादवकै बलमा डक आउट हुँदै पेभिलियन फर्किए । प्रदिप पासवनले ४ रन बनाए ।
गत मंसिर ७ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा विजेता टिम तथा खेलाडीहरुलाई पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद तथा ट्रफी वितरण गरेका थिए । समापन कार्यक्रम एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको अध्यक्षतामा भएको थियो ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो