पोखरा । पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत एथलेटिक्सतर्फका खेलहरु शुक्रबारबाट सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सूचारु रहेको अध्यक्ष शान्त बहादुर गुरुङले जनाएका हुन् ।
शुक्रबार सम्पन्न मावीतह छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिश वोर्डिङ स्कुलका शिसिर खडका दोश्रो, वेलननका आयुष मगर तेश्रो तथा शिलसिला इङलिश वोर्डिङ स्कुलका जोन परियार चौथो स्थान प्राप्त गर्न सफल रहे ।
छात्रा मावि १०० मिटर दौडमा शिलसिला इङलिश वोर्डिङ स्कुलकी सोफिया पौडेल, पिनाकल एकेडेमीकी आरती बानिया, कालिका इङलिश वोर्डिङ स्कुलकी सुस्मिता तिवारी र वेलनन एकेडेमीकी सन्ध्या विक क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो भएका छन् ।
आधारभूत तह कक्षा (१–५) छात्र १०० मिटर दौडमा वेलननका सोहन नेपाली, स्माइल स्मल हेभेन एकेडेमीका अनमोल गुरुङ, गेफका निशान चौधरी, र कालिकाका सिमन थापा मगर क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो हुन सफल भए । त्यस्तै छात्रातर्फ क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान हासिल गर्नेमा शिलसिलाकी सोफिया पौडेल, स्माइल स्मल हेभेनकी स्वेच्छा पाहारी, वेलननकी शिवानी पौडेल र कालिकाकी विपिना पौडेल रहेका छन् ।
२०० मिटर छात्र मावितह भएको प्रतिस्पर्धामा कालिकाका शिसिर खड्का पहिलो, वेलननका मनिष केसी दोश्रो, गेफका दिपेश सुनार तेश्रो र होली एन्जलका सुमन परियार चौथो हुँदा छात्रातर्फ वेलननकी सन्ध्या विक, कालिकाकी सुस्मिता तिवारी, पिनाकलकी, आरती वानियाँ र एकताकी वविता पौडेल क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान प्राप्त गरे ।
त्यस्तै आधारभूत तह कक्षा (१–५) २०० मिटर छात्र दौडमा पिनाकलका एलेक्स तामाङ, कालिकाका रिदम सारु मगर, वेलननका यमन आले, स्माइल स्मल हेभेनका अनमोल गुरुङ तथा छात्रातर्फ होली एन्जलकी श्रेया परियार, गेफकी एन्जल राई, शिलसिलाकी एन्जल गुरुङ र स्माइल स्मल हेभेनकी स्विकृती ढकालले क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान हासिल गरे ।
खेलकुद महोत्सव अन्तर्गत नै मावी तह छात्र हाइजम्पमा स्माइल स्मल हेभेनका रोशन सुनार, कालिकाका प्रकाश त्रिपाठी, वेलननका प्रिन्स गुरुङ, पिनाकलका दिपेश सुनारले क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ कालिकाकी सुस्मिता तिवारी प्रथम, स्माइल स्मल हेभेनकी विभिका अधिकारी दोश्रो, पिनाकल एकेडेमीकी रक्षा घोताने तेश्रो र होली एन्जलकी सम्पदा बरालले चौथो स्थान प्राप्त गरे ।
यसै गरि छात्र मावितह लङ जम्पमा गेफका आयुष दर्नाल, कालिकाका शिसिर खड्का, वेलननका मनिष केसी, स्माइल स्मल हेभेनका समिर पाहारी, छात्रातर्फ वेलननकी सन्ध्या विक, एकता आवाशियकी बविता पौडेल, कालिकाकी शिला तिवारी र पिनाकलकी रक्षा घोताने क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान प्राप्त गरे ।
त्यस्तै आधारभूत तह कक्षा (१–५) तर्फ लङ जम्पमा कालिकाका रिदम सारु मगर, पिनाकलका युनिक गुरुङ, वेलननका अध्यान गुरुङ, होली एन्जलका राज परियार क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ स्माइल स्मल हेभेनकी खुसी गुरुङ, वेलननकी नारियम वेगम, होली एन्जलकी अनिशा विक र कालिकाकी सविता तिमिल्सिना क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरे ।
मावितह सटपुट तर्फ स्माइल स्मल हेभेनका रोशन सुनार, शिलसिलाका सुजल दाहाल, पिनकालका सविन नेपाली र वेलननका प्रिन्स गुरुङले क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ शिलसिलाकी स्नेहा चौधरी, कालिकाकी सुस्मिता नेपाली, होली एन्जलकी एलिजेवेथ परियार र पिनाकलकी अंकिता थापा क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरे ।
त्यस्तै आधारभूत तह कक्षा (१–५) सटपुट छात्रतर्फ होली एन्जलका रन्जित सुनार, कालिकाका रिदम सारु मगर, पिनकलका अदिप नेपाली र वेलननका समिर क्षेत्री क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो भएका छन् भने छात्रातर्फ कालिकाकी पुजा भुजेल पहिलो, पिनाकलकी जोया चौधरी दोश्रो, वेलननकी नाजीरम वेगम तेश्रो तथा एकता आवाशियकी सपना शर्माले चौथो स्थान प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन आज शनिबार हुने युनिप्सका खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले जनाएका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी