पोखरा । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालन भईरहेको ४१औं प्रतियोगिता–२०८० को उपाधि गण्डकी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीले हात पारेको छ ।
शुक्रबार भएको फाईनल खेलमा प्रहरी प्रधान कार्यालयको फुटबल टोलीलाई १–० को गोल अन्तरले पछि पार्दै गण्डकीले उपाधि हात पारेको हो । गण्डकीका लागि निर्णायक गोल प्रतियोगिताकै सर्वाधिक गोलकर्ताप्रहरी सहायक निरीक्षक आशिष थारुले प्रदान गरेका थिए ।
प्रतियोगितामा ६ गोल गरी थारु सर्वाधिक गोलकर्ता र फाईनल खेलको म्यान अफ दि म्याच बन्न सफल भए भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फर्वार्ड क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङले प्राप्त गरेका छन् ।
समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २–१ दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५–० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४–२ को गोल अन्तरले पराजित गरेको गण्डकी प्रदेशले अपराजित यात्रामा उपाधि हात पारेको छ । यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा यो उपाधि हात पारेको थियो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो