पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयले ६६औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले बाराही माविलाई पोखराकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका अध्यक्ष निर्मल खत्रीले शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्न विद्यालय तयार रहेको जनाउँदै सबैको ध्यान शैक्षिक वृद्धि विकासतर्फ हुनुपर्ने उल्लेख गरे ।
प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयले शैक्षिक वातावरणलाई सर्वोपरी मानी क्रियाकलाप सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।
त्यस अवसरमा जनप्रतिनिधि हरिमाया विक र कल्पना भुवाइँ, शिक्षक अभिभावक संघका अध्यक्ष मोतीराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ पौडेललगायतले बोलेका थिए ।
कार्यक्रमबीच विद्यार्थीले विभिन्न गीत एवं सांस्कृतिक प्रस्तुति राखेका थिए । त्यस्तै विद्यार्थीका प्रतिभाको कदर गर्दै विभिन्न पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भण्डारीले बताए ।
पुरस्कार वितरणमा शिक्षक डिल्लीराम गिरी, सुरेशकुमार पौडेल र सुशील केसीले सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक रामप्रसाद पोखरेलले स्वागत तथा शिक्षक रामचन्द्र ढकाल र सचिन भट्टराईले संयुक्तरुपमा सञ्चालन गरे ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह