बाराही माविले मनायो ६६औं वार्षिकोत्सव एवं अभिभावक दिवस

बाराही माविले मनायो ६६औं वार्षिकोत्सव एवं अभिभावक दिवस

Barahi-Mavi-780×470

पोखरा महानगरपालिका वडा नं. ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयले ६६औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले विद्यालयको उन्नयनका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले बाराही माविलाई पोखराकै अब्बल शैक्षिक संस्थाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

विद्यालयका अध्यक्ष निर्मल खत्रीले शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकसँग सहकार्य गर्न विद्यालय तयार रहेको जनाउँदै सबैको ध्यान शैक्षिक वृद्धि विकासतर्फ हुनुपर्ने उल्लेख गरे ।

प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयको समग्र अवस्था प्रकाश पार्दै विद्यालयले शैक्षिक वातावरणलाई सर्वोपरी मानी क्रियाकलाप सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।

त्यस अवसरमा जनप्रतिनिधि हरिमाया विक र कल्पना भुवाइँ, शिक्षक अभिभावक संघका अध्यक्ष मोतीराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका सदस्य होमनाथ पौडेललगायतले बोलेका थिए ।

कार्यक्रमबीच विद्यार्थीले विभिन्न गीत एवं सांस्कृतिक प्रस्तुति राखेका थिए । त्यस्तै विद्यार्थीका प्रतिभाको कदर गर्दै विभिन्न पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भण्डारीले बताए ।

पुरस्कार वितरणमा शिक्षक डिल्लीराम गिरी, सुरेशकुमार पौडेल र सुशील केसीले सहजीकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक रामप्रसाद पोखरेलले स्वागत तथा शिक्षक रामचन्द्र ढकाल र सचिन भट्टराईले संयुक्तरुपमा सञ्चालन गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds