इलामबाट बनभोजका लागि नमस्ते झरना जाँदै गरेको बस दुर्घटना

इलामबाट बनभोजका लागि नमस्ते झरना जाँदै गरेको बस दुर्घटना

ilam bus acc

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो।

इलामको माइ नगरपालिका-४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको धनकुटाका प्रहरी प्रवक्ता राजवावु महजंनले जानकारी दिए । दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका हुन् ।

घाइते हुने विद्यार्थीहरुमा १४ बर्षीया शान्ति लिम्बु, १३ बर्षीया सिमा राई, १६ बर्षीय मनिका राई र १६ बर्षीया निस्मा सारु मगर छन् । उनीहरुसँगै बनभोज आएका शिक्षक ५७ बर्षीय रामबहादुर मगर र ४९ बर्षीया शिक्षिका पवित्रा राई पनि घाइते भएकी छन् ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए । घाइते मध्ये शान्तिको अवस्था गम्भीर छ । सो बसमा करिब ५५ जना सवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds