हेमजा । माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाको द्वारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मा.वि लाहाचोकले हात पारेको छ । महेन्द्रको निरन्तर पाचौं पटकको जित हो ।
महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितीय भयो । उदय मा.वि ४ स्वर्ण, ४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृतीय भयो । प्रथमले नगद रु १५ हजार, द्धितीयले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिन ब.गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्रथामिकतामा राख्नु पर्नेमा जोड दिए । साथै विद्यार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरे ।
वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगत झै जिल्ला, प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमाबाट माछापुच्छ्रे गाउँपालिकालाई चिनाउन आग्रह गरे।
माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्यालय, विद्मार्थी साथै विभिन्न भुमिकामा रहनुहुने माहनुभाहरुमा धन्यवाद व्यक्त गरे ।
महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताए ।
गाउँपालिका सामाजिक विकास समिति संयोजक हरी ब. क्षेत्रीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन महेन्द मा.विका प्रधानध्यापक जगनाथ अधिकारीले गरे ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन