नवलपुरमा छोराले कुचोको डाँठले हान्दा बाबुको मृत्यु

नवलपुरमा छोराले कुचोको डाँठले हान्दा बाबुको मृत्यु

death body

नवलपुर । पूर्वी नवलपरासीमा आफ्नै छोराले कुचोडाँठले प्रहार गर्दा बाबुको मृत्यु भएको छ ।

जिल्लाको मध्यबिन्दु १० टाँडीका ३५ वर्षका रूपेश दराईले शनिबार आफ्ना बाबु ६० वर्षीय होमबहादुर दराईलाई कुचोको डाँठ प्रहार गरी घाईते बनाएका थिए ।

घाईतेलाई थप उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले शनिबार साँझै दराईको मृत्यु भएको घोषणा गरेका थिए ।

प्रहरीले रूपेशलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ