बरञ्जाबाट बेनी छुटेको जीप दुर्घटना, चालकसहित ५ जना घाइते

बरञ्जाबाट बेनी छुटेको जीप दुर्घटना, चालकसहित ५ जना घाइते

jeep-accident-780×470

म्याग्दीमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका-३ बरञ्जाबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग१ज ८०४२ नम्बरको जिप सोमबार बेनी नगरपालिका-६ डम्मरामा दुर्घटनामा परेको हो ।

घाइते हुनेहरुमा मंगला गाउँपालिका-३ बरंजा निवासी जीपका चालकसमेत रहेका जीपधनी ४६ वर्षका कर्णबहादुर रोका, मंगला-३ का २४ वर्षीय ईन्द्र तुलाचन, बेनी-७ का प्रकाश बानियाँ, मंगला-३ का शेरबहादुर दमाई र मंगला-४ की मनकुमारी रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुमार गुरुङका अनुसार सबै घाइतेहरुको जिल्ला अस्पताल बेनीमा उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको छ ।

बेनी दरवाङ सडकबाट खसेको जीप पाखामा अड्किएको छ । हल्का पानी पर्दा पिच सडक चिप्लो भएको र घुम्ती मोड्ने क्रममा स्ट्रिङ फेल भई अनियन्त्रित भएर जीप खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ