पोखरा । नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग ‘झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको टोली बिहीबार पोखरा आइपुग्ने भएको छ । टोली आठौँ दिन पोखरा आइपुग्ने र शुक्रवार पोखराबाट बिदा हुनेछ । २१ गते पोखरामा रहँदा ठाउँ ठाउँमा जनभेटघाट हुनेछ ।
अध्यक्ष केपी शर्मासहितको टोली मंसिर १४ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्गको यात्रामा छ । २१ गते पर्वतको सिमाना नयाँ पुलमा कास्कीको टोलीले स्वागत गर्नेछ । सोही दिन अन्नपूर्णा गाउँपालिका हुँदै हेमजाबाट पोखरा आएर बस्नेछ ।
भोलिपल्ट जिरो किलोमिटरबाट निस्केर अमरसिंहचोकबाट तालचोक हुँदै रूपाबाट लमजुङ छिर्नेछ । पोखरामा जनसभा भने हुने छैन । कुस्मामा हुने सभामा कास्कीबाट टोली सहभागी हुनेछ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले भने, ‘नयाँ पुलमा त्यही दिन दिउँसो ३ बजे स्वागत गरेपछि २२ गते बिहान रुपा गाउँपालिकाबाट लमजुङतर्फ बिदाइ गरिनेछ ।’ ओलीले २१ गते हेम्जामा र तालचोकमा छोटो सम्बोधन गर्नेछन् ।
संकल्प यात्रामा निस्केको टोलीलाई नयाँ पुल, अन्नपूर्ण गाउँपालिका नागडाँडा, मिलनचोक, अमरसिंह, तालबेसी, पिप्लेबजारलगायतमा स्वागत गर्ने तालिका रहेको नेकपा एमाले कास्की जिल्ला इन्चार्ज थममाया थापाले जानकारी दिइन् ।
बिहीबार साँझ अध्यक्ष ओलीसहितको टोली पोखरामै बास बस्नेछ । ओली बस्ने होटेलमा अन्तरसम्वाद हुनेछ । यही समयमा पोखरामा लोकमार्ग निर्माणमा देखिएको विवादबारे छलफल गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताए ।

‘समस्या कतै छैन, कास्कीमा पोखरा महानगरपालिका वडा नं.१६ मा अलिअलि समस्या हो । यसलाई हामीले नै जटिल बनाएको हो,’ उनले भने, ‘विकासको नाममा राज्यले कसैलाई सुकुम्वासी बनाउँदैन । एलाइमेण्ट भइसकेर टेन्डरमा गइसकेको छ । यस्तोमा नयाँ विकल्प खोज्न मिल्दैन ।’
लोकमार्गलाई सहरसँग जोड्नुपर्ने भएकोले पोखरा झरेको उनले बताए । ओलीले विवादित क्षेत्रका सङ्घर्ष समितिसँग छलफल गर्ने उनले बताए । ‘यो यात्रा स्थानीयका समस्या, गुनासो, कहाँ के भइरहेको छ भन्ने सुन्ने नै हो । अध्यक्षज्यूलाई प्रभावितहरुको गुनासो राख्न हामी सक्दो प्रयास गर्ने नै छौं’, उनले भने, ‘उहाँले सम्वाद गर्नुहुन्छ ।’
अध्यक्ष गुरुङले विकासको नाममा राज्यले कसैलाई पनि सुकुम्बासी नबनाउने दाबी गरे । उनले भने, ‘जनतालाई समस्या नपर्ने गरी कमभन्दा कम क्षतिमा कसरी काम गर्न सकिन्छ, समस्या के छ भनेर जनताको कुरा सुनेर त्यसलाई विधिसम्मत समाधान गर्ने हो ।’
सम्झौता भएर ट्रेण्डरमा गइसकेको विषयलाई राजनीतिक दाउपेचको आधारमा तोडमोड गर्न खोज्न नहुने उनले सुनाए ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशमा संविधान विरोधी गतिविधि भैरहँदा सरकारले प्रतिवाद गर्न नसकेकोमा आक्रोश व्यक्त गरे । पाँच वर्षसम्म यो सरकार गए देश अस्तव्यस्त बन्ने उनको भनाई छ ।
एमाले स्थायी कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज थममाया थापाले विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा जनतासँग जवाफ खोज्न अभियान थालेको बताइन् । पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजना गरिएकाले एमालेले यो यात्रालाई ‘हिरक जयन्ती’ को कार्यक्रम समेत मानेको छ । पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएको कारण समेत यात्राले महत्व राख्ने उनको भनाई छ ।
एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले गरेका थिए ।

संकल्पयात्रा अन्तरगत कास्कीमा हुने कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी भैरहेको प्रचार विभाग प्रमुख लामाले जनाए । त्यसकाे लागि यहाँ रहेका नेतालाई कार्यक्षेत्र बाँडफाँड समेत गरिएको छ ।
अन्नपूर्णको नयाँपुल र नागडाँडाको कार्यक्रम संयोजन जिल्ला कमिटिको तर्फबाट केन्द्रीय सदस्य राजिव पहारीले गर्नेछन् । हेम्जा मिलनचोकको संयोजन केन्द्रीय सदस्य कृष्ण थापाले गर्नेछन् । अमरसिंहचोकको स्वागत कार्यक्रमको संयोजन केन्द्रीय सदस्य मीना कुमारी गुरुङले गर्नेछन् । तालचोकको संयोजन केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले गर्नेछन् ।
यस कार्यक्रमको सम्पूर्ण प्रचारको संयोजन उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामा नेतृत्वको प्रचारप्रसार टीमले गर्नेछ । स्वयंसेवक परिचालन, युवा, विद्यार्थी, खेलकुद र जनसंगठनको परिचालन उपसचिव नवराज ओझाले गर्नेछन् । खाना, खाजा, आवासको व्यवस्थापन जिल्ला पदाधिकारी र वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेल र कृष्ण न्यौपाने रहेको कमिटिले गर्नेछ ।
कार्यक्रम तालिका यस्तो छ:

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह