लोक दोहोरी प्रतिष्ठानले भन्यो – ‘अनुमति विना कन्सर्टमा म्युजिक ट्रयाक प्रयोग नगर्नू’

लोक दोहोरी प्रतिष्ठानले भन्यो – ‘अनुमति विना कन्सर्टमा म्युजिक ट्रयाक प्रयोग नगर्नू’

लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह

Concert

देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले चासो व्यक्त गरेको छ ।

प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग गरिएको गुनासो आएपछि उक्त कार्य नगर्न र नगराउन आग्रह गरिएको हो ।

स्रष्टाको अनुमति विना प्रयोग गरिएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्थाअनुसार सम्बन्धित अधिकारको धनीको माग बमोजिम असुलउपर, जरिवाना र दण्ड सजाय हुनसक्ने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds