पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरेको छ ।
प्रहरीले मुद्दाको हदम्याद मध्यनजर गर्दै मंसिर २७ गतेसम्म जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।
मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
निक्षेपकर्ताको बचत ठगी आरोपमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए ।
अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारी यसअघि नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमै छन् । उनीहरु कात्तिक ४ गते पक्राउ परेका थिए ।
निमित्त प्रमुख विकले पक्राउ पुर्जी जारी भएकाहरूको खोजी भइरहेको जानकारी दिए ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर २६ करोड बढी रकम हिनामिना पारेको आरोप छ ।

जसका विरुद्ध जाहेरी छ
रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली
सम्बन्धित समाचारः
पोखराको मित्रमिलन सहकारी ठगीमा संलग्न आरोपितलाई पक्राउ पूर्जी जारी
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो