पोखरा । कास्कीको धार्मिक पर्यटकीय स्थल पञ्चासेमा बालाचतुर्दशी मेला तथा भलिबल प्रतियोगिता हुने भएको छ । पञ्चासे आदर्श क्लबको आयोजनामा मंसिर २३ देखि २५ गतेसम्म १२ औं पञ्चासे बालाचतुर्दशी मेला तथा वडा स्तरिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
मेलालाई आकर्षक बनाउनका लागि विभिन्न खेल प्रतियोगिताको आयोजना गरिएको पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले बताए । उनका अनुसार वडा स्तरिय भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ ।
मुख्य आकर्षक भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद ७७ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । त्यस्तै दोस्रो हुने टिमले नगद ४४ हजार रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
जैविक विविधताको धनी पञ्चासे क्षेत्रमा बाला चतुर्दशीका दिन सतबिज छर्ने भक्तजनको भिड लाग्ने हुँदा यहाँको छुट्टै पहिचान रहेको मेलाका प्रचारप्रसार संयोजक इश्वर घलेले बताए । बाला चतुर्दशी मेलालाई निरन्तरता दिँदै थप आकर्षण बढाउन खेल प्रतियोगिताको आयोजना गरिदै आएको उनको भनाई छ ।
पोखराबाट नजिकै रहेको शान्त जहाँ हरियाली जंगल र योगाको लागि उपयुक्त उत्कृष्ट पर्यटकीय गन्तव्य नै पञ्चासे रहेको निलगगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । ‘सुनाखरीको राजधानी भनेर पनि पञ्चासेलाई चिनिन्छ । जैबिक फूलबारी मानिएको पञ्चासेमा थरिथरिका चरा, सुनगाभा र जडीबुटी पाइन्छ । विशेषगरि प्राकृतिक सौन्दर्यता नियाल्न पनि पञ्चासे एक पटक आउनुपर्छ ।’ पौडेलले भने ।
पञ्चासे २,५१७ मिटर उचाइमा छ । अग्लो डाँडा भएकाले त्यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र मनास्लु हिमालको दृष्यावलोकन गर्न सकिन्छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन