पोखरा । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा बर्सेनि आयोजित फुटबल प्रतियोगिता आगामी माघ दोस्रो साता हुने भएको छ । यसपालि हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको तयारीमा यतिखेर आयोजक लागिपरेको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यद्वारा अभिप्रेरित हुँदै सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, सुपर लिगका टिम, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् ।
प्रतियोगितालाई सधैं झैं हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेको छ । साथै पोखरा महानगरपालिकाको प्रवर्द्धन, राष्ट्रिय खेलकुन परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, कास्की जिल्ला फुटबल संघ, सहारा युके, सहारा हङकङ, सहारा अष्ट्रलिया समेतको विशेष सहयोग रहने छ । लुम्बिनी विकास बैंक अफिसियल बैंक छ भने बुद्ध एयर अफिसियल एयरलायन्स हो ।
प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु आश्रित सूर्यबहादुर केसी मेमोरियल फुटबल एकेडेमीका बालकहरुको नि:शुल्क शिक्षादीक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने छ । यसको अतिरिक्त पर्यटकीय शहर पोखरालाई स्पोर्टस् हब सिटीको रुपमा विकास गर्दै पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउनुको साथै पोखरालाई अन्तर्राष्ट्रियरुपमा परिचित गराउनु यस प्रतियोगिताको उद्देश्य हो । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित यो फुटबल प्रतियोगिताले नवप्रतिभावान फुटबल खेलाडीहरुको अन्तरनिहित फुटबल खेलकौशल प्रदर्शन गर्ने उचित अवसर प्रदान गर्नेछ ।
गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।
सम्बन्धित खबर
माछापुच्छ्रे क्रिकेट लिग : पोखरा फिनिक्स र इस्लामिक कङ्कर्सको जित
एमेच्योर फुटबलमा प्रेसियस ब्यूटी स्टुडियो च्याम्पियन
त्रिकोणात्मक टि–२० श्रृंखला: ओमानविरुद्ध नेपालको शानदार जित
एमेच्योर फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल
पोखराको नयाँगाउँमा एमेच्योर फुटबल प्रतियोगिता सुरू
नेपालको हारको श्रृंखला तोडियो, ओमानलाई हरायो
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ
धादिङको झ्याप्लेखोला पहिरोमा बससँगै पुरिएका १४ शव निकालिए
पोखरा विमानस्थल विहीबारदेखि बिहान साढे ४ बजेदेखि नै सञ्चालन