नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नियमानुसार ६ वर्षपछि नेपाललाई हस्तान्तरण गर्नुपर्ने एनसेल अहिले खरिदविक्री हुनु बदमासी काम भएको बताएका छन् ।
उनले एनसेलको शेयर खरिदबिक्रीमा बद्मासी गर्नेलाई दण्डित गर्नुपर्ने बताए । पार्टी निकट समाजवादी प्रेस संगठन, कास्कीले शनिबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले चलखेल गर्न खोजिएकोमा आपत्ति जनाए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने– ‘यो किनबेच नेपाललाई ६ वर्षपछि हस्तान्तरण गर्न पन्छाउने काम हो । पहिल्यै थाहा पाएर आँखा चिम्लन हुँदैन । कारोबारमा भएको बद्मासीलाई छानबिन गरेर कारबाही गर्नुपर्छ ।’
ब्याजदर घटाएर मात्र हुँदैन, लगानीकर्ता वा ऋणीलाई सहुलियत दिनुपर्छ
नेपालले पछिल्लो समय ऋण नतिर्ने भन्दै आन्दोलन भैरहेकोमा असन्तुष्टि जनाएका छन् । अर्थतन्त्रमा केही समस्या भएको तर थोरै समस्या भएको भनेर चित्त बुझाउने ठाउँ नरहेको बताए ।
समस्यामा रहेका व्यवसायी र लगानीकर्तालाई सरकारले पहल गरेर सहुलियत दिइनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । उनले भने, ‘अर्थतन्त्र कामचलाउ छ भनेर चित्त बुझाउने ठाउँ देखिँदैन । अर्थ व्यवस्था सञ्चालनमा त्रुटि छ भनेर हेर्नुपर्छ । व्यवसायीको हालत खराब भएको छ, ऋण तिर्न नसकेर धेरै मान्छे संकटमा परेका छन् । व्याजदर घटाउने मात्र होइन, ऋण लिएकाको चुक्ता गरेर, ब्याज घटाएर हुन्छ कि लगानीकर्ता वा ऋणीलाई सरकारले सहुलियत दिइनुपर्छ ।’
जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड दिए । बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ । उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिए । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको उनको भनाइ छ ।
‘हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुरा हुन्’, उनले भने ।
अर्को समाचारः
गण्डकीमा सहमति बमोजिम मनाङेलाई मन्त्री नबनाइएकोमा माधव नेपाल असन्तुष्ट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन