पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत पुरुष एकलतर्फ एलेक्सी सिबाएभ र महिला एकलतर्फ जापानकी उता आसाकुरा च्याम्पियन भएका छन् ।
पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा एलेक्सले नेपाली मुलका अमेरिकी खेलाडी आरब सम्राट हाडालाई ६–३, ६–२ ले पराजित गर्दै प्रथम भए । महिलातर्फ आसाकुराले भारतकी अर्जान खोराकीवालालाई ६–२, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गर्न सफल भइन् । यि दवै खेलाडी जे–३० को सर्किट वानमा पनि विजयी भएका थिए । जित संगै उनीहरुले आइटीएफको महत्वपूर्ण ३०–३० अंक प्राप्त गरेका छन् ।
विजयी खेलाडीहरुलाई एक समारोहका विच प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका निमित्त कार्यालय प्रमुख नविन पोखरेल, विशेष अतिथि पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, टुर्नामेण्ट डाइरेक्टर अजय विष्ट, आइटीएफ प्रतिनिधी प्रविण कुमार नायक, कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष अनुज कुमार बाँस्तोला, सदस्य विष्णुबहादुर थापा, नेपाल टेनिस संघका सदस्य जयजिव हाडा लगायतले मेडल प्रमाणपत्रले पुरस्कृत गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड गण्डकीका नविन पोखरेलले सहभागि खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै जित हार खेलको एक पक्ष भएपनि सहभागिता महत्पूर्ण हुने औंल्याए । उनले विभिन्न राष्ट्रबाट आएका खेलाडी, अभिभावक तथा उनीहरुका प्रशिक्षकको सहभागिताले पोखराको पर्यटन चलायमान बनेको जनाए । यस्ता प्रतियोगिताहरुले नेपालको खेल पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने जनाउँदै प्रतियोगिताको निरन्तरताको कामना गरे । साथै प्रतियोगिता निरन्तरताका लागि सरोकारवाला पक्षले आयोजक संघसंग हातेमालो गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन