चोलेन्द्र र सरस्वतीले ल्याए ‘हुन्छ भने हुन्छ भन’, अर्जुन र गीता फिचर्ड (भिडियो)

https://youtu.be/eMbEvEavtb8

चोलेन्द्र र सरस्वतीले ल्याए ‘हुन्छ भने हुन्छ भन’, अर्जुन र गीता फिचर्ड (भिडियो)

हिट गीतलाई अहिले पनि रुचाउने अपेक्षा

hunchha vane hunchha

गायक चोलेन्द्र पौडेल र गायिका सरस्वती लामिछानेको प्रस्तुतिमा हुन्छ भने हुन्छ भन बोलको गीत सार्वजनिक भएको छ । गीतमा चोलेन्द्र पौडेल आफ्नै शब्द र संगीत रहेको छ ।

झण्डै दशक अघि राजु परियार र बिष्णु माझीले गाएको यस गीत अहिले फास्ट भर्सनमा रिमेक गरिएको हो । राजु र विष्णुको स्वरमा रहेको हिट गीतलाई अहिले पनि रुचाउने अपेक्षा गरिएको छ ।

सुनिल परियारको म्युजिक एरेन्ज र खेम अञ्जानको थेगो रहेको छ ।

यस्तै, गायक तथा मोडल अर्जुन सापकोटा र मोडल गीता ढुंगाना फिचर्ड रहेको भिडियोले सकारात्मक प्रतिक्रिया पाएको छ ।

काजिश श्रेष्ठले कोरियाग्राफी एवं निर्देशन गरेको भिडियोको सहायक निर्देशन प्रशान्त मगरले गरेका हुन् । दुर्गा पौडेलले खिचेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ