ईमान्दारिताबाट प्रशंसा पाइरहेका युवराजलाई बधाईको ओइरो

१ लाख फेला प्रकरणः

ईमान्दारिताबाट प्रशंसा पाइरहेका युवराजलाई बधाईको ओइरो

अमेरिकाको भिसा प्राप्त, पैसा धनी सम्पर्कमा आइपुगेनन्

Yuvaraj Thapa 1

हिजो सोमबार दिउँसो साढे ४ बजेतिर पोखरा वडा नं. १८ सराङकोट पदेलीका २३ वर्षे युवराज थापा भैरवटोल तर्फबाट अर्चलबोट जाँदै थिए ।

स्कुटरमा अघि बढ्दै गर्दा अर्चलबोट चोक नेर १ लाखको बिटो देखे । उनले टिपे र यताउति सोधे । एकछिन बस्दा पनि कसैले दाबी नगरेपछि प्रहरीलाई खबर गरे ।

वडा प्रहरी कार्यालयबाट प्रहरीको टोली अर्चलबोट पुग्यो । र, मुचुल्का बनाई प्रहरीले बुझ्यो । अहिले यो समाचार तयार पार्दासम्म कसैले पनि प्रहरीकहाँ दाबी पेश नगरेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर बोधराज रेग्मीले जानकारी दिए । वडा प्रहरीले कार्यालयको फेसबुकबाट सूचना पनि जारी गरेको उनले जनाए । सम्बन्धित धनीले प्रमाणसहित बगर प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यतिबेला युवराजलाई धन्यवाद र बधाईको ओइरो लागेको छ । यो ईमान्दारिताको कदरस्वरुप बधाई भन्दै प्रशंसा भइरहेको छ । उनको फेसबुक प्रोफाइलमात्र होइन, युवाहरुको सेक्रेट फेसबुक ग्रुप ‘मेन्स रुम (रिलोडेड)’ मा पनि चर्चा भइरहेको छ ।

अर्को, आज मंगलबार उनलाई अमेरिका भिसा प्राप्त भएको जानकारी सम्बन्धित कन्सल्टेन्सीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्‍यो ।

उनले चिप्लेढुंगामा अवस्थित मिराकल इन्स्टिच्यूटबाट अमेरिकाका लागि प्रोसेस गरेका थिए ।

मिराकलका प्रबन्ध निर्देशक कुलराज बरालले मंगलबार भिसा प्राप्तिको खुशी साट्दासाट्दै इमान्दारिताको अनुपम उदाहरण प्रस्तुत गरेको सुन्दा झनै खुशी भएको अनुभव बताए ।

युवराजले पोखराकै पृथ्वीनारायण क्याम्पसबाट बीएससीआईटी उत्तीर्ण गरेर वैदेशिक अध्ययनका लागि प्रोसेस अघि बढाएका हुन् । उनले आईएलटीएसमा ७.५ ल्याई यूएसमा मास्टर अफ साइबर सेक्युरिटी पढाईका लागि स्कलरशीपमा योग्य भएका छन् ।

सम्बन्धित समाचारः

भेटिएको १ लाख तत्काल प्रहरीलाई बुझाउने सराङकोटका युवराजको इमान्दारिताको चर्चा

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ