२ लाख घुस लिएको आरोपपछि न्यायिक समितिबाट भावनाको राजीनामा

२ लाख घुस लिएको आरोपपछि न्यायिक समितिबाट भावनाको राजीनामा

Bhawana Shrestha

पोखरा महानगरपालिकामा रहेको न्यायिक समिति सदस्य भावना श्रेष्ठले राजीनामा दिएकी छिन् ।

उनीमाथि घुस लिएको आरोप छ । विवादित भएपछि पोखरा वडा नम्बर ९ की वडा सदस्य श्रेष्ठले न्यायिक समितिबाट राजीनामा दिएकी हुन् ।

पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा छ ।

उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहेकी उनले २ लाखको चेक लिएको आरोप लागेको हो । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताएकी थिइन् । गुरुङले उक्त आरोपको खण्डन गरेकी छिन् ।

 शनिवार नै उनले फेसबुकको म्यासेन्जरबाट राजीनामा पत्र पठाएको बताइएको छ । विशेष परिस्थितिका कारण राजीनामा दिएको भनेर उनले पत्र पठाएको उपमेयर तथा न्यायिक समितिकी संयोजक गुरुङले बताइन् ।

‘राजीनामा पत्र आएको छ । विशेष परिस्थितिको कारण भन्नुभएको छ, अरु कारण खुलेको छैन,’ उनले भनिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ