स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

bike motorcycle

स्याङ्जाको चापाकोटमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई बाइककै चालक घाइते भएका छन् ।

घाइते हुनेमा पाल्पाको रामपुर नगरपालिका वडा नं.४ का २० वर्षीय विपन दर्जी र रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.३ का ४७ वर्षीय कीर्तिनीधि खड्का रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिए ।

मंगलबार दिउँसो १ः४५ बजे चापाकोट नगरपालिका वडा नं. १० को किसान पक्की सडक खण्डमा लु२०प ७६३४ नम्बरको र लु८०प ६१९० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैको चापाकोट अस्पतालमा उपचार गरिएको प्रहरी जनाएको छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds