रक्सी खाएर मातेका १९ वर्षीय छोरोले ढुंगाले हानेर गरे बाबुको हत्या

अपराध

रक्सी खाएर मातेका १९ वर्षीय छोरोले ढुंगाले हानेर गरे बाबुको हत्या

घर जान कर गर्दा जाइलागे

chepang bau chhora

चितवनमा छोराले बाबुको हत्या गरेका छन् । चितवनको इच्छाकामना वडा नं. ३ चुम्लिङ्गटारमा रक्सीको नसामा रहेका १९ बर्षिय सुनिल चेपाङले मंगलबार दिउँसो बाबु ३८ बर्षिय रामशरण चेपाङलाई ढुंगा प्रहार गरी हत्या गरेका हुन् ।

ढुंगा प्रहारबाट घाइते भएका रामशरण चेपाङको इच्छाकामना आधाभुत अस्पताल कुरिनटारमा प्राथमिक उपचार गरी थप उपचारका लागि भरतपुर लैजादैँ गर्दा बाटो मै मृत्यु भएको हो ।

रक्सीको नसामा रहेका सुनिललाई घरमा जाउँ भनी बाबुले कर गरेपछि ढुंगाले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । शवलाई पोष्टपार्टमका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इच्छाकामना वडा नम्बर २, काउले घर भएका चेपाङ परिवार चुम्लिङ्गटारमा डेरा गरी बस्दै आएका थिए । उनीहरु चुम्लिङ्गटारमै मजदुरी गर्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ