पोखरा सिर्जनाचोकको नैना दोहोरी साँझमा बिहानै आगलागी

आगलागी

पोखरा सिर्जनाचोकको नैना दोहोरी साँझमा बिहानै आगलागी

६० लाख बराबर क्षति, विद्युत सर्ट भएर आगलागी

Naina dohori aaglagi

पोखरा वडा नं. ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी साँझमा बुधबार बिहानै आगलागी भएको छ । मानवीय क्षति भएको छैन । भौतिक संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक सूर्य रानाका अनुसार बिहान ६ः३५ बजे विद्युत सर्ट भएर आगलागी भएको हो ।घटनास्थलमा तत्काल दमकल पुगी प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टामै आगोलाई पूर्ण नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

माधव बरालको ३ तले गोल्डेन सिटी बिल्डिङमा तेस्रो तल्लामा रहेको दोहोरी साँझमा आगलागी भएको हो । कोमलनाथ आचार्य र खडकबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा आगलागी भएको सूचना पाउने बित्तिकै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्र बहादुर कुँवरको कमाण्डमा १५ जनाको संख्यामा टोली खटिएको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

नगद ५० हजार, एसीहरु, कम्प्युटर, सीसी क्यामेरा, बैंकका चेक लगायतका सामानहरू जलेर नष्ट भएका छन् ।  तत्काल आगो नियन्त्रणमा आएकाले भवन र अन्य पसल व्यवसाय नोक्सान हुनबाट जोगिएको छ । भवनमा सेक्युरिटिज, कलर हाउस, प्लास्टिक स्टोर्स, इलेक्टिकल पसल सञ्चालित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds