पाेखरा | उपचारको लागि मणिपाल शिक्षण अस्पताल पुगेका १९ वर्षका संगम मिश्र बेपत्ता भएका छन् ।
तनहुँ घर भइ हाल पोखरा वडा नं. १६, लामाचौर बस्दै आएका संगम आफ्नो बुवा औषधी लिन गएको समयमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।
ज्वरो आएपछि उपचारका लागि मणिपाल अस्पतालको आकस्मिक उपचार कक्षमा रहेका संगम मंसिर २५ गते साँझ ६ः३० बजेदेखि बेपत्ता भएका हुन् । चिकित्सकले औषधि ल्याउन भनेपछि संगमका बुबा हरिप्रसाद मिश्र औषधि लिन बाहिर निस्किएका थिए ।
मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड भेटिएको डीएसपी बिकले बताए ।
तीन दिन बित्दासमेत संगमको अवस्था पत्ता नलागेपछि कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६ दीपस्थित ड्याममा खोजी गर्ने तयारी गरेको छ ।
‘अस्पतालबाट हराएका मिश्रको खोजतलास गर्ने क्रममा नदीपुरतर्फ आउने पुलमा आइडीकार्ड फेला परेको छ’ – उनले भने, ‘भोलि पोखरा–१६ स्थित ड्याम खोलेर खोजतलास गर्छौं ।’
उनले सेतीको ड्याम खोलेर मिश्रको खोजीकार्य गर्ने जानकारी दिए । प्रहरीले बुधबार सूचना प्रकाशित गरी मंसिर २८ गते विहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म सेती नदी ड्यामभन्दा तलका नागरिक सतर्क हुन, नदी वरपर नजान आग्रह गरेको छ ।
यस सम्बन्धमा मणिपाल शिक्षण अस्पतालले अहिलेसम्म केही जानकारी दिएको छैन ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो