चितवनको माझी बस्तीमा श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाइते

चितवनको माझी बस्तीमा श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाइते

chitwan-kutpit

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका १०, कठारको माझी बस्तीमा एक महिलालाई श्रीमानले कुटेर गम्भीर घाइते बनाएका छन् ।

२७ वर्षकी राधिका माझीलाई उनका श्रीमान् ३० वर्षका गर्भा माझीले रक्सी सेवन गरी हिजो साँझ ६ बजेतिर कुट्दा टाउकोमा चोट लागेर राधिका गम्भीर घाइते भएकी हुन् ।

गर्भाले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा घाइते भएकी राधिका बेहोस भएकी छिन् । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीले उपचारको लागि भरतपुर अस्पताल लगेको छ । भने, श्रीमान् गर्भालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

के कारणले कुटपिट गरेको भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ ।

गर्भाले यसअघि पनि कुटपिट गर्दा राधिकाको दाहिने हात भाँच्चिएको थियो । स्थिानीयका अनुसार तीन वटा छोराछोरीलाई राधिका एक्लैले रेखदेख गर्दै आएकी थिइन् । गर्भाले आफू काम पनि नगर्ने तर, मादक पदार्थ सेवन गरी राधिकालाई हरेक दिन कुटपिट गर्ने गर्दथे ।

डेढ वर्षअघि २०७९ जेठ महिनामा सोही बस्तीकी गीता माझीलाई उनका श्रीमानले पाठेघरमा हात हालेर यातना दिँदा गीता माझीको निधन भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds