अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल केहि दिनदेखि तातेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् ।
रेखा गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् । चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । फिल्मको भर्चुअल प्रचार गर्ने उनको तयारी छ ।
रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर, रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नुपर्ने कतिपयको मत छ ।
टाइमलाइनमा चलेको यो बहसमा रेखाले प्रतिक्रिया दिएकी छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् ।
रेखा भन्छिन् :
‘श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त ? सन्तान त्यहीं जन्म भएको हेर्न चाहँदैन होला त ? मेरो मात्र अधिकारको कुरा हुँदैन त ? अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट बोकेकै कारणले जान पाउँदिन होला त ?
मेरो बच्चा १८ वर्ष पुगिसकेपछि ऊ कहाँको नागरिक बन्ने उसको कुरा हो । १८ वर्ष पुग्दा म मेरो बाबु आमाको देशको नागरिक बन्छु भनेर गर्व गर्ने वातावरण सिर्जना पो मैले गर्ने हो त । मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारकै कुरा होइन । १८ वर्षपछि त्यो बच्चाको अधिकारको कुरा हो । मेरो राइटको कुरा हैन ।
रेखा थापाले के गर्छे त्यो महत्वपूर्ण हो । म मेरो देश छाडेर कहीं पनि गएको छैन । म मेरो देशमा बस्ने हो । मैले मेरो देशमा काम गर्ने हो । उनीहरु कहाँ जान्छन्, त्यो उनीहरुको कुरा हो । उनीहरुलाई मैले पखेंटा काट्ने मेरो अधिकार छैन ।
हरेक पुरुषले आफ्नो परिवार, आफ्नो आमाबाबुसँगै सन्तान जन्मियोस् भन्ने चाहन्छ । माइतीमा जन्माउने चलन त छैन होला नि हाम्रो त । यो विषयमा कोही पनि त्यति धेरै फुर्सदिलो नबन्नुस् । यो अनावश्यक कुरा हो । माइ लाइफ, माइ च्वाइस । मेरो मात्र च्वाइसको कुरा हुँदैन, मेरो श्रीमानको पनि कुरा हुन्छ । म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन ।’
सम्बन्धित खबर
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
रवि विरुद्ध मुद्धा हालिरहने भनेर चर्चित युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?