आमरण अनशन बस्न कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी अनसन नबसी फर्किएका छन्।
विगतमा पटक-पटक भएका सम्झौताहरु सरकारले कार्यान्बयन नगरेको भन्दै कार्यान्बयनको माग राखेर शुक्रबार बेलुकी ५ बजे गेटा मेडिकल कलेज पुगेका डा. केसीलाइ दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका सदस्यहरूले अवरोध गरेपछि उनी अनसन नबसी फर्किएका हुन्।
तीन दिन आमरण अनशन बस्ने घोषणासहित त्यहाँ पुगेका डा. केसीलाई संघर्ष समितिका सदस्यहरुले अनसन बस्न अवरोध गर्दै आफूहरूको माग विश्वविद्यालय भएकाले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने केसीको मागलाई साथ दिन नसक्ने जानकारी दिएका थिए।
डा. केसीलाई संघर्ष समितिका सदस्यहरुले गेटामा प्रवेश गर्न नै नदिए पछि डा. केसी आक्रोशित हुँदै फर्किएको समाचारस्रोतहरुले जानकारी दिएका छन् ।
‘डाक्टर केसीले उठाएका सबै मागमा हाम्रो पनि समर्थन छ तर सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय नै भइसकेको अवस्थामा प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भनेर सम्झाउन खोज्यो तर उहाँले मान्नु भएन’, संघर्ष समितिका संयोजक लोकराज पाण्डे (आगो)ले बताए। डाक्टर केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनुपर्ने भन्ने विषय विज्ञप्तिमा राखेका छन् ।
जबकी गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै स्थापना हुने नीतिगत निर्णय गरिसकिएको अवस्थामा फेरी प्रतिष्ठानको विषयलाई लिएर अनशन बस्नु उचित होइन भन्ने हाम्रो आग्रहलाई डाक्टर केसीले मान्नु भएन र उहाँ फर्किनु भयो, संघर्ष समितिका संयोजक पाण्डेले भने। डाक्टर केसीका सबै विषयप्रति हाम्रो समर्थन छ। मात्र एउटै आग्रह प्रतिष्ठान भन्ने स्थानमा विश्वविद्यालय राखिदिनुहोस् भन्ने मात्र हो, यति भन्दा उहाँ आफै जंगिएर फर्किको संघर्ष समितिको तर्क छ।
डाक्टर केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुगाउनुपर्ने माग अघि सारेका छन्। त्यस्तै यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन भन्ने उनको अर्को माग छ।
सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ