९ वर्षीया बालिका करणी गर्ने १९ वर्षीय युवकलाई जन्मकैद

९ वर्षीया बालिका करणी गर्ने १९ वर्षीय युवकलाई जन्मकैद

६ लाख जरिवाना र २० हजार क्षतिपूर्ति

raper1

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवकलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै, उनलाई ६ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ । निजविरुद्ध ९ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो ।

प्रहरीले सुदीपविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ