पोखरा । मुग्लिनबाट पोखरा आउँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
तनहुँको व्यास नगरपालिका– १२ कमलबारीमा आइतबार बिहान ग २ ख १४५९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार बसले टिपरलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खसेको हो ।
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षीया असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षीया सविता सुनार, १९ वर्षीया सविना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षीय प्रदीप गोदार, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्ककी ५० वर्षीया सुमित्रा राई, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्कका ४० वर्षीय सुरन राई छन् ।
त्यस्तै, व्यास नगरपालिका वडा नं २ की ३४ वर्षीया पिल्लीमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं १ की ५२ वर्षीया ज्ञानदेवी श्रेष्ठ र २० वर्षीया स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ का २१ वर्षेीय एन्जल भट्टराई, आँबुखैरेनी गाउँपालिका वडा नं ५ छिम्केश्वरीका ४१ वर्षीय पूर्णबहादुर गुरुङ, भानु नगरपालिका वडा नं १ साझबोटेका २६ वर्षीया बबिता थापा, ३० वर्षीय नवीन थापा, १२ वर्षीया दुर्गा थापा, सात वर्षीया नविना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सीकी ४० वर्षीया दीपा थापा, व्यास नगरपालिका वडा नं ११ मूलपानीकी ३६ वर्षीया जुनु भट्टराई र आठ वर्षीया पूर्णीमा भट्टराई पनि घाइते भएका छन् ।
घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’