पोखरा । १८ औं जेपी क्रस विद्यालयस्तरिय छात्र/छात्रा बास्केटबलको उपाधि फिस्टेल एकेडेमीले जितेको छ ।
कास्की जिल्ला बास्केटबल संघको आयोजनामा पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा फिस्टेल दुवैतर्फ छात्र/छात्रा टिम विजयी हुँदै उपाधि जितेको हो । सम्पन्न फाइनलमा छात्रतर्फ फिस्टेलले गण्डकी बोर्डिङलाई ५१–३१ ले तथा छात्रातर्फ बालकल्याणलाई २०–१७ को स्कोरले पराजित गरी उपाधि जितेको छ ।
उपाधि संगै फिस्टेल एकेडेमीले छात्र/छात्रा दुवैतर्फ नगद रु २०/२० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छात्रतर्फ गण्डकी बोर्डिङ र छात्रातर्फको उपविजेता बाल कल्याणले समान नगद रु १५/१५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा छात्रतर्फ मष्ट भेलुयबल प्लेयरमा फिसटेलका अश्विन चालिसे र छात्रातर्फ फिस्टेलकी आइको लक्ष्मी घोषित हुँदै ट्रफी, प्रमाणपत्रका साथमा समान नगद रु १०/१० प्राप्त गर्न सफल रहे । त्यस्तै प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङका मनिष भट्टराई र छात्रातर्फ बाल कल्याणकी रोहिनी गुरुङ हाइएष्ट स्कोरर् घोषित भए । उनीहरु दुवैले नगदका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
यस अघि आजनै भएको सेमीफाइनलमा छात्रतर्फ गण्डकी बोर्डिङ स्कुलले स्पाइरल ग्यालेक्सीलाई ५१–४८ ले फिस्टेलले अल्फालाई ४३–२० ले तथा छात्रातर्फ बालकल्याणले प्रगतीलाई २७–१० ले र फिसटेलले न्यू ग्यालेक्सीलाई २४–४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
विजेता विद्यालय तथा टिमलाई गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबलका सल्लाहकार सुनिल गुरुङ, सञ्जय अधिकारीलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै सांसद बरालले स्थापनाको कठिन परिस्थितीमा समेत अविचलित रही कास्की बास्केटबल संघले बास्केटबल खेल विकास तथा खेलाडी उत्पादनका लागि गरेको कार्य प्रशंसनिय रहेको बताए ।
विश्वभर फैलिएको कोभिड १९ को सक्रमणको तिन वर्ष पछि उक्त प्रतियोगिताले यो वर्षबाट पुनः निरन्तरता पाएको हो । प्रतियोगितामा विभिन्न विद्यालयका छात्रतर्फ १९ र छात्रातर्फ ९ गरि कूल २८ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता वरिष्ठ समाजसेवी एवं वृटिश सेनाका पूर्व कर्णेल जेपी क्रसको मुख्य प्रायोजनमा सञ्चालन हुँदै आएको छ ।
कास्की बास्केटबल संघका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष विग्नेश थापाले समेत आफ्ना भनाई राखेका थिए । प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न संघ–संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो