पोखरा लेकसाइडमा सम्पन्न ओपन वाल बोल्डरिङ प्रतियोगिताको उपाधि पुरुषतर्फ रोनक उप्रेती र महिलातर्फ स्वस्तिका चौधरीले जितेका छन् ।
गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनको समन्वयमा वेष्ट स्पोर्टस् इन्डोर हबले पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा रोनक र स्वस्तिका विजेता बनेका हुन् । पुरुषतर्फ सुलभ राई दोश्रो र साजन लामा तेश्रो भए ।
प्रतियोगितामा महिलातर्फ मारिका पोलाक दोश्रो हुँदा छोले रोग्स्वी तेश्रो स्थान प्राप्त गर्न सफल भइन् । विजेता खेलाडीहरुलाई आकर्षक खेल सामाग्री सहितको पुरस्कार एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिता संयोजक एसोसियसनका सहसचिव एवं वेष्ट स्पोर्टस् इन्डोर हबका सञ्चालक सिद्धार्थ केसीले पोखरामा यस प्रतियोगिता पहिलोपटक गरिएको जनाए ।
उक्त प्रतियोगितालाई निरन्तरमा दिने तयारीसंगै खेलाडी उत्पादनमा समेत अघि बढ्ने योजना रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका सचिव मनशान्त घिमिरेले जनाएका छन् । उनले भने–“सिरिजमा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेका हौं । त्यसैले पनि यसको महत्व छुट्टै छ । हामी अव ६ महिना पछि यसको दोश्रो सिरिजको तयारी गर्ने छौं ।”
प्रतियोगितामा महिला र पुरुष खेलाडीहरु गरी १७ जनाको सहभागिता रहेको गण्डकी प्रदेश क्लाइम्विङ स्पोर्टस एसोसियसनका अध्यक्ष शेषकान्त शर्माले बताए । उनले भने–“पोखरालाई सहाशिक खेलकुदको गन्तव्य बनाउन यो खेल महत्वपूर्ण छ । धेरै यूवाहरुको आकर्षणको खेल भएकोले पनि यो खेलले पोखराको पहिचान बनाउन भूमिका खेल्नेछ ।”
यस खेलका विज्ञ सुनारा बहादुर गुरुङले यो खेलको विकास स्थानिय तहबाट गर्न सके खेलाडी उत्पादनमा सघाउ पुग्ने बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन