रवि लामिछानेमाथि पोखराको कार्यक्रममा खोया प्रहार [भिडियोसहित]

आक्रमण

रवि लामिछानेमाथि पोखराको कार्यक्रममा खोया प्रहार [भिडियोसहित]

चित्त दुखाउँदै रविले भने - 'मलाई खोया हान्नेलाई फूलको थुंगा दिएर घर पुर्‍याउनू'

Rabi Lamichhane Khoya Pokhara

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ ।

पोखरास्थित अमरसिंहचौरमा सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । खोया प्रहार गरेका लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

३३ वर्षीय रानाभाट लमजुङको साविक तार्कुघाट नगरपालिका-२ (हाल राइनास नगरपालिका-८) घर भई चिप्लेढुंगामा बस्दै आएका छन् ।

प्रहरीले भने मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको प्रतिक्रिया दिएको छ । कार्यकर्ताले भने ढुंगा हानेको भनेर आक्रमण गरे ।

हाल रानाभाट जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी नियन्त्रणमा रहेका छन् ।

मलाई खोया हान्नेलाई फूलको थुंगा दिएर घर पुर्‍याउनूः रवि

रास्वपा अध्यक्ष रवि लामिछानेले भने सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई प्रहार गर्ने पात्रलाई फूलको थुंगा दिएर घर पुर्‍याउन भनेका छन् । आफूमाथि जस्तोसुकै आक्रमण भएपनि आफ्नो अभियान जारी रहने उनले बताए ।

रबि तनहुँ, स्याङ्जामा कार्यक्रममा सहभागी भएर कास्की आएका हुन् । आजै शनिबार पोखराको जिरो किमिमा प्रदेश कार्यालय उद्घाटन गरी माछापुच्छ्रे गाउँपालिकास्थित महेन्द्र माविमा भेलामा सहभागी भए ।

Video Credit: HB Tamrakar Facebook

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds