बागलुङ । निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको बलेवा भैरव सदस्य सेवा केन्द्रको बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ नगरपालिका—१३ पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र विस्तारसँगै १६ औं बार्षिक साधारण सभा पैयुँपाटामा सम्पन्न गरेको हो ।
साधारणसभाको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका वडा अध्यक्ष एवं सेवा केन्द्रका सल्लाहकार नारायण शर्मा पौडेलले सहकारी सबै वर्गको साझेदारी संस्था रहेको बताए ।
कार्यक्रममा निलगिरी सहकारीका केन्द्रीय अध्यक्ष नारायण पौडेलले सहकारीमा कुनै समस्या नरहेको बताए । उनले निलगिरी सहकारी कुनै एक व्यक्ति विशेषले नभएर सामूहिक रुपमा संचालन गरेको सहकारी भएका कारण कुनै समस्या नरहेको बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री, त्रिभुवन मावि पैयुँपाटाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं संस्थाका शेयर सदस्य डा. रामबहादुर केसी, बलेवा सामुदायिक सहकारीका अध्यक्ष उमानाथ शर्मा, सामाजिक व्यक्तित्व रेशमबहादुर खत्री लगायतले अहिलेको परिस्थितिमा पनि निलगिरी सहकारीले आफ्नो सेवा केन्द्र विस्तार गरी प्रदान गरेको सेवालाई प्रशंसा गरेका थिए ।
साधारण सभामा कोषाध्यक्ष कृष्ण प्रसाद शर्माको आर्थिक प्रतिवेदन, सचिव मिनबहादुर केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पारित गरिएको थियो । बलेवा भैरव सदस्य सेवा केन्द्रका संयोजक एकनाथ रेग्मीको अध्यक्षता एवं सहसंयोजक रुद्र पौडेलको स्वागत र केन्द्रीय कार्यालयका सचिव मिनबहादुर केसी मिलनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
निलगिरी बचत तथा ऋण सहकारीले गत बैशाखदेखि पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र स्थापना गरेको थियो । संस्थामा हाल १ हजार २ सय २८ जना शेयर सदस्य रहेका छन् । संस्थाको हाल ३ करोड ७९ लाख ३४ हजार ८ सय शेयर पुँजी रहेको छ भने हालसम्म १ अर्ब ४९ करोड, ७२ लाख ८२ हजार २२० रुपैयाँको कारोबार गरेको छ ।
सम्बन्धित खबर
ढोरपाटनका बालबालिकामा दादुरा संक्रमण, एक जनाको पोखरामा उपचार हुँदै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती