नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला, बाघको आक्रमणमा परेको आशंका

नवलपुरको खहरे जङ्गलमा सासूबुहारी मृत फेला, बाघको आक्रमणमा परेको आशंका

death body

नवलपुर । नवलपरासी पूर्व (नवलपुर)मा सासूबुहारी मृत फेला परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका– १ मा रहेको खहरे जङ्गलमा घाँस काट्न गएका स्थानीय ६० वर्षीया मनादेवी पौडेल र उनकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेका हुन् ।

हिजो दिउँसो घाँस काट्न जङ्गल गएका सासूबुहारी राति अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्ने क्रममा उनीहरु मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरूको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ