पोखरामा १७ वर्षपछि पूर्व राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ ।
पोखरा महानगरपालिका-१० रामबजारमा गएराति १ः४५ बजे साइत पारेर पूर्व राजा वीरेन्द्रको शालिक राखिएको हो । पोखराका तीन वडाहरू वडा नम्बर १०, १४ र १५ को संगम स्थल यो चोक पहिले वीरेन्द्र चोक नै थियो भने चोकमा वीरेन्द्रको शालिक पनि थियो ।
यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको शालिक हटाएका थिए । पूर्व राजा वीरेन्द्रको ८ फिट अग्लो ढलोटको शालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरूण गिरीले जानकारी दिए ।
शालिक राखेपनि अरु काम बाँकी नै रहेको र २५ लाख बजेट लाग्ने अनुमान छ । शालिक पुनः स्थापनामा संलग्नका अनुसार स्थानीयकै समन्वयमा शालिक पुनः स्थापना गरिएको हो । शालिक पुनः स्थापना गर्न स्थानीयको समिति नै बनेको थियो । मनवीर गुरुङको अगुवाइमा शालिक पुनर्निर्माण समिति बनाएर काम गरेको थियो ।
वीरेन्द्र चोकमा पुनःस्थापित वीरेन्द्रको शालिक स्थापनाको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । लगभग सबैजसोले समर्थन गरेको देखिन्छ ।
तर, शालिक संरक्षणबारे आशंका पनि छ । वडा प्रहरी कायालय रामबजारबाट ५० मिटर दुरीमा रहेको यो चोकमा खडा गरिएको शालिकमा हानी भए प्रहरीमाथि पक्कै पनि प्रश्न उठ्नेछ । शालिक स्थापनामा खटिएका एक युवक भन्छन्ः ‘रामबजार प्रहरी कार्यालयबाट चोक नजिकै रहेकाले संरक्षण हुनेमा ढुक्क हुन सकिन्छ ।’
पृथ्वीचोकमा भने पृथ्वीनारायण शाहको शालिकको स्थानमा लखन थापाको शालिक स्थापित भइसकेकाले विवाद छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो