पोखरामा १७ वर्षपछि पूर्वराजा वीरेन्द्रको शालिक पुनःस्थापना

पोखरामा १७ वर्षपछि पूर्वराजा वीरेन्द्रको शालिक पुनःस्थापना

रामबजार प्रहरी कार्यालयबाट चोक नजिकै रहेकाले संरक्षण हुनेमा ढुक्क

Birendra Shalik

तस्वीरः सुजित केसी

पोखरामा १७ वर्षपछि पूर्व राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ ।

पोखरा महानगरपालिका-१० रामबजारमा गएराति १ः४५ बजे साइत पारेर पूर्व राजा वीरेन्द्रको शालिक राखिएको हो । पोखराका तीन वडाहरू वडा नम्बर १०, १४ र १५ को संगम स्थल यो चोक पहिले वीरेन्द्र चोक नै थियो भने चोकमा वीरेन्द्रको शालिक पनि थियो ।

यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो । ६२/६३ को जनआन्दोलनको बेला माओवादी कार्यकर्ताले पूर्वराजा वीरेन्द्रको शालिक हटाएका थिए । पूर्व राजा वीरेन्द्रको ८ फिट अग्लो ढलोटको शालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरूण गिरीले जानकारी दिए ।

शालिक राखेपनि अरु काम बाँकी नै रहेको र २५ लाख बजेट लाग्ने अनुमान छ । शालिक पुनः स्थापनामा संलग्नका अनुसार स्थानीयकै समन्वयमा शालिक पुनः स्थापना गरिएको हो । शालिक पुनः स्थापना गर्न स्थानीयको समिति नै बनेको थियो । मनवीर गुरुङको अगुवाइमा शालिक पुनर्निर्माण समिति बनाएर काम गरेको थियो ।

वीरेन्द्र चोकमा पुनःस्थापित वीरेन्द्रको शालिक स्थापनाको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । लगभग सबैजसोले समर्थन गरेको देखिन्छ ।

तर, शालिक संरक्षणबारे आशंका पनि छ । वडा प्रहरी कायालय रामबजारबाट ५० मिटर दुरीमा रहेको यो चोकमा खडा गरिएको शालिकमा हानी भए प्रहरीमाथि पक्कै पनि प्रश्न उठ्नेछ । शालिक स्थापनामा खटिएका एक युवक भन्छन्ः ‘रामबजार प्रहरी कार्यालयबाट चोक नजिकै रहेकाले संरक्षण हुनेमा ढुक्क हुन सकिन्छ ।’

पृथ्वीचोकमा भने पृथ्वीनारायण शाहको शालिकको स्थानमा लखन थापाको शालिक स्थापित भइसकेकाले विवाद छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds