पर्वत । पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या भएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो ।
उनीसँगै तरुल खोज्न गएका व्यक्तिले हत्या गरेको प्रहरीले जनाएको छ ।
रिजालसँग सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए ।
रिजाललाई प्रेमबहादुर नेपालीले तरुल खन्न प्रयोग गरिएको हतियारले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नेपालीको आक्रमणपछि अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेपालीको आक्रमणबाट श्रीराम शर्मा पनि घाइते भएका छन् । शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरेको आरोपमा प्रहरीले नेपालीलाई नियन्त्रणमा लिएको छ । नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएका छन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
एमाले नेता अर्जुनलाई मातृशोक
स्याङ्जामा विविध कार्यक्रमसहित संविधान दिवस मनाइयो
संविधान दिवस : तिलडाँडा सामुदायिक वन वाटिकामा वृक्षारोपण
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग