काठमाण्डौ। भारतमा यौन व्यवसाय संचालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ।
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गरी नेपाली युवतीहरूलाई वेश्यावृतिमा लगाएको अभियोगमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्याङ्गजाका ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया अस्मिता भण्डारी “रिया” भनिने टिका कुमारी वली छन्।
उनीहरूले विभिन्न होटल, रेष्टुरेन्ट तथा फेन्सी पसलहरूमा आकर्षक जागिरको प्रलोभन देखाइ नेपालबाट युवतीहरूलाई दिल्ली बोलाएर आफैले भाडामा संचालन गरेको अपार्टमेन्टमा जबर्जस्ती यौन क्रियाकलापमा संग्लग्न गराएको मानव वेचविखन अनुसन्धान ब्यूरो काठमाण्डौले जनाएको छ।
ब्यूरोका अनुसार ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरुले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने र आम्दानी भएको कमाइको २० प्रशित रकम युवतीहरुलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको खुलेको छ।
हाल उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा पुस ११ गते कंचनपुरबाट पक्राउ गरिएको र थप अनुसन्धान कार्य अगाडि बढाइएको ब्यूरोले जनाएको छ।

सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा