रस्साकसीको उपाधि गौरीघाट र फिटनेश हबले जिते

२५ औं पोखरा सडक महोत्सवः

रस्साकसीको उपाधि गौरीघाट र फिटनेश हबले जिते

खसी, बोका र कुखुराको भाले पुरस्कार

winner

पोखरा । रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सव अन्तर्गत रस्साकसी प्रतियोगितामा पुरुषतर्फ गौरीघाट ‘ए’ प्रथम भएको छ । गौरीघाटकै ‘बी’ टिमलाई पराजित गर्दै गौरीघाट ‘ए’ ले प्रथम स्थान हाँसिल गरेको हो ।

प्रतियोगितामा डेमसाइड फिटनेश हबले पावरहाउस टिमलाई पराजित गर्दै तेश्रो स्थान हाँसिल गरेको छ । प्रथम हुने टिमले खसी, दोश्रोले बोका र तेश्रो हुने टिमले दुईवटा कुखुराको भाले पुरस्कार पाए ।

महिलातर्फ फिटनेश हब डेमसाइड प्रथम र त्रिपुरा महिला नारी समुह दोश्रो भए । उनीहरुले क्रमशः नगद १५ र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नाट्टा गण्डकीको संयोजनमा भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्म पन्थी, आयोजक रेवानका महासचिव विकास भट्टराई, रेवान पोखराका पूर्वाध्यक्ष भिमसेन भुजेल, महिला खेलका सह–संयोजक कृष्ण आचार्य, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, टानका सचिव तीर्थराज सुवेदी, नाट्टाका सचिव चेतन कार्की, पिटिसीका पूर्व कोषाध्यक्ष कृष्ण काफ्ले लगायतले पुरस्कार प्रदान गरेका थिए ।

महोत्सव अन्तर्गत खेलकुद कार्यक्रम संयोजक सूर्यबहादुर भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसैबीच, पाँच दिने पोखरा सडक महोत्सव सोमबार रातिदेखि अनौपचारिक रुपमा सम्पन्न भएको छ । आइतबार मध्यरातमा बसुन्धरा पार्कमा भव्य आतिसबाजी गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गरिएको थियो ।

नयाँ वर्षको स्वागतका लागि हजारौं पर्यटकहरु लेकसाइडको सडकमा पुगेका थिए । महोत्सव सफल पार्न सहयोग गर्ने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, प्रायोजक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्थानिय आमा समुह, युवा समुह लगायतलाई रेवान पोखराले कृतज्ञता जाहेर गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds