पोखरा । ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको उपलक्ष्यमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवतः विश्वकै ठूलो ढाका टोपीलाई लेकसाईड परिक्रमा गराएको छ ।
‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उद्देश्यका साथ हरेक वर्ष मनाउँदै आएको नेपाली टोपी दिवसमा यसपाली ठूलो ढाका टोपीलाई गाडीमा राखी हल्लनचोक देखि फिस्टेल गेटसम्म परिक्रमा गराइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले बताए ।
नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपीलाई परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो ।
२५ औं पोखरा सडक महोत्सव चलिरहंदा प्रतिष्ठानले नेपाली टोपी सहित राष्ट्रिय पोशाकको पहिचान, सम्वर्द्धन र अन्तर्राष्ट्रिय रुपमा प्रवर्दधन गर्नका लागि उक्त र्याली आयोजना गरेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले जानकारी दिए ।
प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरु, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्याम कृष्ण थापा, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ लगायत अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकहरुलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो ।
विगत १० वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका अध्यक्ष भण्डारी बताउँछन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो