पोखरा । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघले आयोजना गरेको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ ।
पर्वत भलिबल क्लब र टफ गोर्खा टीमबीच आइतबार भएको फाइनलमा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
विजेता पर्वत भलिबल क्लबले एक लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्दा दोस्रो भएको टफ गोर्खा ट्रेनिङ सेन्टरको टिमले ७७ हजार सात सय ७७ रुपैंया नगद सहित प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेको छ ।
सो अवसरमा बेस्ट प्लेयर लाई १० हजार, बेस्ट सेटर ३ हजार, बेस्ट डिफेन्डरलाई ३ हजार, बेस्ट सर्भर ३ हजार र बेस्ट ब्लकरलाइ ३ हजार नगद, कप र प्रमाणपत्र प्रदान गरिएको संघका कोषाध्यक्ष तथा सहप्रायोजक सुविन गुरुङले बताए ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका कार्यक्रम संयोजक विश्वराज पौडेल, सहसंयोजक बैभव पौडेल, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष तथा महानगरपालिका कार्यलयका वरिष्ठ कानुन अधिकृत, नेपाल भलिबल संघका पूर्व सचिव डिबि नेपाली, सोविन गुरुङ, रेवान पोखरा पूर्व अध्यक्ष बलराम पहारी, नेपाल भलिवल संघका केन्द्रिय सदस्य राजकु्मार गुरुङ, सितेरियो करातेका अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मण कुँवर, पूर्व राष्ट्रिय भलिबल खेलाडि तथा प्रशिक्षक बलराम क्षेत्रीलगायतले विजेताहरुलाई पुरस्कार वितरण गरेको थिए ।
प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी भएका थिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुस १४ गते उद्घाटन गरेको प्रतियोगिताको प्रायोजकमा पोखरा महानगरपालिका कार्यालय वडा नं ६ र कास्की पोखरा समाज जापान, सहप्रायोजकमा सुबिन गुरुङ र सन्दिप गुरुङ रहेका थिए भने प्रबद्र्धकमा पोखरा महानगरपालिका कार्यलय, पोखरा महानगपालिका खेलकुद विकास समितिको समन्वय र रेबान पोखराको बिशेष सहयोग रहेकोे थियो ।
पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव युवराज गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
५ पटकको विश्व विजेता ब्राजिल अन्तिम १६ बाटै बाहिरियो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो