पोखरामा तीनदिने कृषि यान्त्रिकरण एक्स्पो हुने भएको छ । ‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने नाराका साथ पहिलो पटक प्रादेशिकस्तरीय कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत प्रर्दशनी गर्ने गरी एक्स्पो गर्न लागिएको हो ।
पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा यही पुष २० गतेदेखि २२ गतेसम्म गण्डकी प्रदेशस्तरीय एक्सपोको आयोजना गरिएको हो । तीन दिने प्रदर्शनीमा कृषि यन्त्र र प्रविधि सम्बन्धि बृहत् प्रदर्शनी हुने जनाइएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुन गइरहेको प्रदर्शनीमा ४० भन्दा बढी प्रदर्शनकर्ताहरुले एक हजार भन्दा बढी यन्त्र तथा उपकरण प्रदर्शन गर्नेछन् ।
एक्स्पोमा करिव ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान गरिएको छ । कृषक, उद्यमी, व्यवसायी, कृषि विज्ञ, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत गरी करिब २० हजारले उक्त एक्स्पोको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माका अनुसार यो बर्षको एक्सपोमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिकाले सह-आयोजकको रुपमा सघाएका छन् ।
त्यसैगरी, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (रीड), खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप), नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजना (एनएलएसआईपी) र राष्ट्रिय कृषि ईन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारले पनि सहकार्य गरेको छ । एक्सपोको प्रवर्द्धन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गर्ने भएको छ ।
एकै थलोमा आधुनिक प्रविधि कृषि औजार र उपकरणर तथा सेवाका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्तालाई कृषिखयान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन र कृषि यान्त्रीकरणको बजार विस्तार गर्ने उद्देश्यले यो एक्सपोको आयोजना गरिएको हो ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा