तनहुँमा रुखबाट खसेर एक जनाको मृत्यु

तनहुँमा रुखबाट खसेर एक जनाको मृत्यु

ladera mrityu

पोखरा । तनहुँमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भिमाद नगरपालिका– ५ मिर्छलुंग आमठाँडाका ६५ वर्षका मनहर्ष राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार राना बुधबार बारीमा रहेको रुखमा चढेर दाउरा काट्ने क्रममा खसेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उद्धार गरि उपचारका लागि भिमाद स्वास्थ्य चौकीमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ