लमजुङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

लमजुङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते

khukuri-prahar

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका– ७ उस्ताबेंसीसमा श्रीमान्को खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

शुक्रबार राति साढे ८ बजेतिर २७ वर्षीय कुमार बिकले २१ वर्षीय रितु बिकलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भीर घाइते रितुलाई बेंसीसहरस्थित लमजुङ अस्पतालमा प्राथामिक उपचार गरी चितवन मेडिकल कलेज (नयाँ) मा लगिएको छ ।

पछाडिबाट खुकुरी हान्दा रितुको बंगरा नजिकै गम्भीर चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । समयमै उद्दार गरी स्वास्थ्य संस्थामा ल्याइएका कारण समयमै उपचार पाएको र हाल खतरामुक्त रहेको बताइएको छ ।

प्रहरीका अनुसार दोर्दी गाउँपालिका–४ कुप्लिङ घर भएका कुमार माइतमा रहेकी श्रीमती लिन ३ दिन अघि ससुराली आएका थिए । रितु घरमा झगडा भएपछि गत मंसिर पहिलो साता माइत आएर बसेकी थिइन् ।

श्रीमतीलाई खुकुरी प्रहार गरी कुमार भागेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ