पोखरा । श्रीपती समाज सेवा पुरस्कारबाट विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित रहेको भन्दै श्रीपती कोइराला गुठी पोखराले समितिलाई शनिबार उक्त पुरस्कार प्रदान गरेको हो ।
श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसर पारेर समितिलाई पुरस्कार दिएको हो। कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई सो पुरस्कार हस्तान्तरण गरे। पुरस्कारको राशी नगद दुईलाख २२ हजार २ सय २२ रुपैयाँ सहित ताम्रपत्र, दोसल्ला र पदक रहेको छ।
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो । जो पोखराकै प्रसिद्ध विन्ध्यवासिनी मन्दिर संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिँदैआएको छ । विन्ध्यवासिनी धार्मिक विकासअन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यवासिनी वैदिक विद्याश्रम, विभिन्न देवी देवताका मठमन्दिर निर्माण एवं सञ्चालित छन् । समितिले विन्ध्यबसिनी गुरुकुल विद्याश्रम सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्र निशुल्क चलाउँदै आएको छ ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन्।
श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मेका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो। विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले जानकारी दिए।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन