तनहूँबाट खेलेका धादिङका सन्दीपको एकै खेलमा ९ विकेटको कीर्तिमान

क्रिकेट

तनहूँबाट खेलेका धादिङका सन्दीपको एकै खेलमा ९ विकेटको कीर्तिमान

sandeep

पोखरा — तनहुँ टीमबाट खेलेका सन्दीप पराजुलीले पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय एकदिवसीय क्रिकेट छनौट प्रतियोगिताको एकै खेलमा ९ विकेट लिएका छन् ।

काठमाडौंको ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदैं आएका उनी धादिङका हुन् । तर, नेपाल क्रिकेट संघबाट धादिङले मान्यता पाइनसकेकाले उनी तनहुँबाट खेलेका हुन् ।

पोखरा रंगशाला क्रिकेट मैदानमा आइतबार नवलपुरलाई पराजित गर्ने क्रममा चामत्कारिक प्रदर्शन गर्दै ९ विकेट लिएका हुन् ।

राष्ट्रिय स्तरको क्रिकेटको प्रतियोगितामा यो दोस्रो उत्कृष्ट बलिङ प्रर्दशन हो । वीरगन्जबाट खेल्दै तीब्र बलर अविनाश कर्णले २०६५ को यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बैतडीविरुद्ध सबै १० विकेट लिएका थिए ।

प्लेयर अफ द म्याच घोषित सन्दीपले आफूले लिएको विकेट अनपेक्षित भएको प्रतिक्रिया दिए ।

टस जितेको तनहुँ २८.४ ओभरमा १ सय १० रन मै अलआउट भयो । सन्दीपको सानदार पछि १ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वी नवलपरासी १ सय रनमा नै समेटियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds