पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
आधा दर्जन बढी खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाए । भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो ।
भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेतामा चित्त बुझायो । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी बने भने राजेन्द्र खड्का बेस्ट स्पाइकर चुनिए ।
भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो । बीबीए तेस्रो सेमेस्टर दिवा सत्रको टोली उपविजेता बन्यो । टिना गर्बुजा सर्वोत्कृष्ट खेलाडी भइन् भने सृष्टि भट्टराई बेस्ट स्पाइकर घोषित भइन् ।
बास्केटबल छात्र तर्फ बीबीए चौथो सेमेस्टर प्रातः सत्रको टोली प्रथम भयो भने बीबीएकै पाँचौ सेमेस्टर दिवा सत्रको टोली दोस्रो भयो ।
यस्तै, बास्केटबल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बीसीआईएस चौथो सेमेस्टर टोली दोस्रो भयो । बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी छात्रतर्फ शुलभ शिल्पकार र छात्रातर्फ आकृति गुरुङ बने भने हाइ स्कोरर प्रितम गुरुङ र सुहानी आले बने ।
फुटसल छात्र तर्फ बीबीए सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा बीसीआईएस तेस्रो सेमेस्टर दोस्रो बन्यो । सर्वोत्कृष्ट खेलाडी निशान क्षेत्री, हाइ स्कोरर ग्रिफ थकाली, बेस्ट किपर आर्जन कार्की घोषित भए ।

फुटसल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बीबीए चौथो सेमेस्टर प्रातः सत्रको टोली उपविजेता बन्यो । सृष्टि ढेवाजु सर्वोत्कृष्ट खेलाडी, आकृति गुरुङ हाइ स्कोरर र एलिका लालचन बेस्ट किपर घोषित भए ।
ब्याडमिन्टन छात्र सिंगलतर्फ बीसीआईएस तेस्रो सेमेस्टरका शौरव केसी प्रथम हुँदा बीबीए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ दोस्रो बने । छात्र डबल्सतर्फ बीसीआईएस तेस्रो सेमेस्टरका शौरव केसी र निश्चित गुरुङ विजेता बने भने बीबीए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ र प्रतिक श्रेष्ठ उपविजेता बने ।
यसैगरी, ब्याडमिन्टन छात्रातर्फ सिंगलमा बीसीएसआइटी चौथो समेस्टरकी स्वस्तिका पौडेल विजेता र बीबीए दिवा सत्र पाँचौ समेस्टरकी एलिका लालचन दोस्रो भइन् । डबल्सतर्फ बीसीआइएसआइटी प्रथम सेमेस्टरकी सुहानी आले र स्वस्तिका पौडेलको जोडी प्रथम र बीसीआइएसआइटी तेस्रो सेमेस्टरकी सजिना पौडेल र प्रतिक्षा केसीको जोडी दोस्रो भए ।
चेस छात्रतर्फ बीबीए फर्स्ट सेमेस्टरका छात्र सन्देश चुल्याजु विजेता बन्दा प्रतिक श्रेष्ठ उपविजेता भए ।

पब्जीतर्फ २९ अंकका साथ बीबीए चौथो सेमेस्टर दिवा सत्रटोली प्रथम बन्दा १ अंकले मात्र पछि परेर पाँचौ सेमेस्टर बिहानी सत्रका टोली दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
साथै, टग अफ वार छात्रतर्फ पनि सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा पाँचौ सेमेस्टर दिवा सत्रको टोली द्वितीय भयो ।
टेबलटेनिस डबल्सतर्फ छात्रामा बीबीए चौथो सेमेस्टर प्रातः सत्रका अनुश्का गुरुङ र ईशा गौचनको जोडी विजेता बन्दा बीबीए पिाँचौ सेमेस्टर दिवा सत्रका एलिका लालचन र सृष्टि ढेवाजुको जोडी द्वितीय भए ।
कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठ लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिन् । कलेजमा हरेक वर्ष आयोजक पाँचौ सेमेस्टर रहने गर्दछ । यस सेमेस्टरबाट सम्राट गुरुङको संयोजनमा स्पोर्टस् मीट सञ्चालन भएको हो ।










सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?