सार्वजनिक यातायातमा यात्रुको १८ हजार पाकेट मार्ने २ जना पक्राउ

सार्वजनिक यातायातमा यात्रुको १८ हजार पाकेट मार्ने २ जना पक्राउ

Paketmar

काठमाडौं। सार्वजनिक यातायातमा सवार यात्रुको पाकेट मार्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाण्डौको महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रुको पाकेटमारी १८ हजार चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्रेको हो।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका -५ घर भइ हाल काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भइ काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् ।

प्रहरीका अनुसार पीडित यात्रुले आफ्नो पाकेटमारी रकम चोरिएको भन्ने जानकारी प्रहरीलाई गराए पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

हाल उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds