पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँमा दुर्घटना, ४ जना गम्भीर

पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँमा दुर्घटना, ४ जना गम्भीर

jeep acc

प्रतिकात्मक तस्विर

पोखरा । पोखराबाट पाल्पा जाँदै गरेको जिप तनहुँमा दुर्घटना भएको छ । आज बिहान तनहुँको भिमाद नगरपालिका–३ मा ग १ ज ६३५६ जीप नम्बरको जिप दुर्घटना भएको हो ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जीपमा १२ जना सवार थिए । उनीहरु सबै घाइते भएका छन् । घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । यस्तै, घाइते आठ जनाको तनहुँमा उपचार भइरहेको छ ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ