तनहुँमा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १० जना घाइते

तनहुँमा जिप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १० जना घाइते

jeep-acc

पोखरा । तनहुँमा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका –३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा जिपमा सवार सबै १२ जना घाइते भएका थिए ।

घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ