पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वृत्ति विकास कार्यशाला

वृत्ति विकास

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वृत्ति विकास कार्यशाला

अकीदेव कर्पोरेशनकी सिईओ दिक्षा भण्डारीबाट सहजीकरण

PCM workshop (1)

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम), नदिपुर, पोखराले आफ्नो विद्यार्थीको वृत्ति विकासका लागि करिअर डिजाईन वर्कशप सम्पन्न गरेको छ ।

बीबीए र बीसीएसआइटी सातौं सेमेस्टर (अन्तिम वर्ष) मा अध्ययनरत विद्यार्थीलाई आफ्नो व्यवसायिक तथा पेशागत जीवनमा सहयोग गराउने कार्यक्रम आयोजना गरिएको बीबीए कार्यक्रम संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यशालाको सहजीकरण अकीदेव कर्पोरेशनका सिईओ एवं मानव संशोधन विकास प्रमुख दिक्षा भण्डारीबाट भएको थियो । उनी यूएसएमा एमबीए अध्ययन गरी नेपाल फर्केकी हुन् ।

दुई दिने कार्यशालामा १२० जना विद्यार्थी सहभागी थिए । विद्यार्थीहरुले बायोडाटा तयार गर्ने, आफ्नो पेशागत क्षेत्र रोज्न तथा उद्देश्य प्राप्तिको बारेमा सिकेको प्रिन्सिपल लिना नेगी श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds