पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।
विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पूर्व सन्ध्यामा बिहीबार बिहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर बानियाँलाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रसंसा गरे । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपूर्ण भुमिका रहेको बताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । रेडक्रसका जिल्ला सदस्य सुवासबाबु अधिकारीले मानविय सेवामा रेडक्रसले खेलेको भुमिकाको चर्चा गरे ।
कार्यक्रममा ५० औं पटक रक्तदान गरेका राम व. बानियाँ, ४८ औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१ औं पटक रक्तदान गरेका नविन्द्र तिमिल्सीना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९ औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई रक्तदानका लागि प्रोत्साहन गरेका थिए । कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको सहयोग, रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा भएको कार्यक्रमको संचालन शिक्षक नायक सरिता पौडेल भट्टराईले गरेकी थिइन् ।
यसैबिच बिहीबारबाटै विद्यालय प्रागंणमा विज्ञान प्रर्दशनी समेत सुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधिसँग सम्वन्धित वस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । पुस २७ गते शुक्रबार आयोजना हुने वार्षिकोत्सव कायृक्रम पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने र सो अवसरमा विभिन्न पुरस्कार सहित व्यक्तिलाई सम्मान गरिने बताइृएको छ । सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय बनेको विन्ध्यवासिनी मावि पोखराकै पुरानो विद्यालय मानिन्छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु