पोखरा । राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटिको आयोजनामा ‘पोखरा महानगर फुटसल कप–२०८०’ सुरु भएको छ ।
स्पोर्ट्स क्यासलमा आयोजित फुटसल कपको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटि उपाध्यक्ष महाराज गुरुङले उद्घाटन गरे । खेल संयोजक अनिस गुरुङका अनुसार प्रतियोगितामा ३८ टीमले सहभागिता जनाएका छन् । पहिलो दिन १८ वटा खेल सम्पन्न भए ।
उद्घाटन खेलमा आयोजक टोलीले विजयी सुरुवात गर्न सफल बन्यो । पोखरा वडा नं. १२ टीमलाई २ ० गोलले हराउने क्रममा प्रदीप गुरुङ एक्लैले २ गोलको योगदान दिए ।
दोस्रो खेल वडा नम्बर १९ र वडा नम्बर २२ बीच भएकोमा १९ ले ३–० गोलले जीत निकाल्दा अमित मगरले २ गोल र दिनेश मगरले १ गोलको योगदान दिएका थिए ।
तेस्रो खेल वडा नम्बर २८ र वडा नम्बर १८ बिच भएको थियो । वडा नम्बर १८ ले २–० गोलले जीत निकाल्दा सन्जिव मगर र राहुल थापाले १–१ गोल गर्न सफल भए ।

चौथो खेल वडा नम्बर २ र वडा नम्बर ७ खेलेकोमा वडा नम्बर ७ ले २–१ गोलले जित निकाल्दा प्रितम गुरुङले विजयी टोलीका लागि एक्लै २ गोल गरे ।
पाँचौ खेल वडा नम्बर २५ र वडा नम्बर ३३ बीच प्रतिष्पर्धा भएकोमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि निर्णयका लागि टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा २५ भाग्यमानी सावित भयो ।
छैठौँ खेल वडा नम्बर ११ र वडा नम्बर १४ बिच भएको थियो । वडा नम्बर ११ ले ४–० गोलले जित निकाल्दा सरोज सुनारले २ र प्रशान्त गुरुङले २ गोलको योगदान दिएका थिए।
साताँै खेल वडा नम्बर ६ र रुपा गाउँपालिकाबीच भएको थियो । वडा नम्बर ६ ले १–० गोलले जित निकाल्दा कुसल परियारले निर्णायक गोल गरे ।
आठौँ खेल वडा नम्बर १७ र पोखरा ४ बीच भएको थियो । वडा नम्बर १७ ले ३–१ गोलले जित निकाल्दा विजयी टीमका लागि हुमन गुरुङले २ गोल र सन्तोष गुरुङले १ को योगदान दिएका थिए।
नवौँ खेल माछापुछ्रे गाउँपालिका र वडा नम्बर ३ बिच भएको थियो । वडा नम्बर ३ ले ५–१ गोलले जित निकाल्दा अशेस थपलियाले २ गोल, अंकित क्षेत्रीले १ गोल, सुदिप पुनले १ गोल र प्रकाश मानन्धरले १ गोल गरे ।

दशौँ खेल वडा नम्बर ३० र पोखरा ३२ बिच भएको थियो । वडा नम्बर ३० ले ४–१ गोलले जित्दा राजु गुरुङले २ गोल, कृतन गुरुङले १ गोल र अपिल क्षेत्रीले १ गोलको योगदान दिएका थिए ।
एघारौँ खेल अन्नपूर्ण गाउँपालिका र पोखरा ९ बीच भएको थियो । पोखरा ९ ले १–० गोलले जित निकाल्दा सुजन नेपालीले मात्र गोल गर्न सके ।
बाह्रौँ खेल पोखरा १३ र पोखरा १६ बीच भएकोमा पोखरा १६ ४–१ ले गोलले विजयी हुँदा प्रनिल रानाभाटले २ गोल, सन्देश गुरुङले १ गोलले योगदान दिएका थिए ।
तेह्रौँ खेल वडा नम्बर २७ र वडा नम्बर २९ बिच भएको थियो । वडा नम्बर २७ ले १–० गोलले जित निकाल्दा सागर गुरुङले मात्र गोल गरे ।
पहिलो चरणको अन्तिम खेल वडा नम्बर २० र वडा नम्बर २१ बिच भएको थियो । वडा नम्बर २० ले २–० ले जित निकाल्दा सागर बास्तोला र रबिन्द्र केसीले १ –१ गोलको योगदान दिएका थिए ।
आजै, दोस्रो चरणको केही खेल सकिएका छन् । युवा संघका पूर्व अध्यक्ष राजिव पहारी, नेकपा एमाले महानगर कमिटिका अध्यक्ष दिलीप न्यौपाने, नेकपा एमाले जिल्ला कमिटीका उपसचिव दर्शान लामा, युवा संघका स्थाीि कमिटी सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज सुवास सापकोटा, युवा संघ कास्कीका अध्यक्ष पान बहादुर क्षेत्री लगायतले सहभागी टिमलाई मायाको चिनो वितरण गरेका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन